कात्तिक ४, काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो ।
निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त नगरेको एवं कालोसूची कायम रहेको देखिएको आदेशमा उल्लेख छ ।
कालो सूचीमा नाम कायम रहेका व्यक्तिले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न नमिलेको आदेशमा भनिएको छ ।


