कार्तिक ४, बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन अझै १०–२० वर्ष कायम रहन सक्ने बताएका छन् ।
आज सत्ता गठबन्धनले बुटवलमा गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान,संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक रहेको बताए ।
उनले भने, ‘धेरै ठूलो लडाइँपछि संविधानले दिएका संघीयता,गणतन्त्र,समावेशीता समाप्त पार्ने प्रयास भइरहेको छ’, ‘चुनावपछि गठबन्धनकै सरकार बन्ने हो,यो १०–२० वर्षसम्म जानसक्छ ।’