• २०८३ जेष्ठ ७ गते बिहिवार

देशभर थप २८६ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५ , काठमाडौं  ।  देशभर पछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८६ जनामा संक्रमण पुष्टि भएको हो । ३४२३ जनाको स्वास्थ्य परीक्षण गरिएमा २८६ मा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १८१६ जनाको पिसिआर विधिबाट र १६०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पिसिआरबाट २०२ जना र एन्टिजेनबाट ८४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणबाट आइतबार ४७९ जना निको भएका छन् । संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । हाल देशभर ४३४८ सक्रिय संक्रमित छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस