• २०८३ भाद्र ७ गते आइतवार

धरानका दुई स्थानमा आगलागी

विष्णुपादुकाको आगो अझ नियन्त्रणमा आएन
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, सुनसरी। धरानका दुई बिभिन्न स्थानमा आगलागी भएकाे छ । धरान ८ लाङघाली सामुदायिक वन तथा धरान २० को विष्णुपादुकामा आगलागी भएकाे हाे ।

धरान लाङघाली सामुदायिक वनमा लागेको आगो प्रहरीले ५ बजे पछि नियन्त्रणमा लिन सफल भएको छ भने सोही स्थानबाट राष्ट्रिय सामुदायिक वनमा सल्किएको आगो दमकल जान नसक्ने अवस्थाका कारण पूर्ण रूपमा नियन्त्रणमा आउनु नसकेको सशस्त्र प्रहरी बल धरानका डिएसपी राजुकुमार दाहालले जानकारी दिए ।

त्यस्तै धरान २० को विष्णुपादुकामा हिजो देखी लागेको आगो अहिले सम्म पनि नियन्त्रणमा आउन नसकेकाे धरान २० का वडाध्यक्ष मणीराम राईले जानकारी दिए । उनका अनुसार निकै ठुलो आगलागी भएको छ क्षति पनि धेरै भएको छ, हामी भर्खर आगलागी भएको स्थानमा पुगी सके जति आगो निभाएर आयौ। प्रहरी गाडी आउने ठाउँ नभएको र राती भएका कारणले आगो नियन्त्रण गर्न असमर्थ रहेकाे बताए ।

वडाध्यक्ष राईका अनुसार भालढुङगा बन, जनकन्या सामुदायिक बनमा दुई दिन देखि आगो निभेको छैन्। सुरक्षाको घेराबन्दी गरेर मानवीय क्षति हुनु नदिनका लागि स्थानीयहरुको सहयोगमा रेखा बनाएर पत्कर सोरेर आगो नियन्त्रणमा ल्याउने प्रयास भईरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस