• २०८३ बैशाख ५ गते शनिवार

४५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ लाख ७८ हजार १ सय ९६ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४५ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार १ सय ९६ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६३ हजार १ सय ११ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस