• २०८३ बैशाख २६ गते शनिवार

थप ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि, चारजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौं । स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार २२५ पिसिआर परीक्षण गर्दा २४७ र दुई हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार ५४४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार २०५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५२ हजार ५९९ सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार २८२ रहेका छन् ।

यस अवधिमा चारजनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२५ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस