• २०८३ बैशाख २४ गते बिहिवार

एमालेका विभागहरूलाई छिट्टै पूर्णता दिइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौं । नेपाल एमालेको केन्द्रीय विभागका प्रमुखहरुको बैठकले विभागहरूलाई छिट्टै पूर्णता दिने भएको छ । ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने पनि निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ(आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिए । बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरुले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस