फागुन ९, रोल्पा। जिल्लाको लुङग्री गाउँपालिका–४, जलुकेमा गएराति टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
प्रहरीका अनुसार लमहीबाट इँटा लिएर सिर्पतर्फ जाँदै गरेको रा१ख १७८७ नम्बरको टिपर अनियन्त्रित भएर पल्टिदा लुङग्री गाउँपालिका–२ का ३७ वर्षीय अमृतबहादुर वलीको मृत्यु भएको हो ।
टिपर सडकबाट करिब १५० मिटर तल खसेको थियो । घाइते भएका चालकलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ