• २०८३ कार्तिक १२ गते बुधवार

पूर्वमन्त्री आलेलाई मातृशोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको घरपरिवारले जनाएको छ ।

उच्च रक्तचापका कारण गएको मङ्सिर ११ उनलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस