• २०८३ बैशाख २७ गते आइतवार

फेरि घट्यो सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार तोलामा १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस