• २०८३ मङ्सिर ६ गते शनिवार

एनआईसी एशियाको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा लम्साल नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ५७१ औं बैंठकले उनलाई सो पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टेसनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनले राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश लिएका थिए ।

 

Sharing

प्रतिक्रिया दिनुहोस