• २०८३ बैशाख १८ गते शुक्रवार

बर्दियामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ४, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–६ नौरंगामा हिजो साँझ माईक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका–१ का ३२ वर्षीय बसन्त थारु रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो । नेपालगञ्जबाट गोलातर्फ आउँदै गरेको भे १ ख ३३६४ नम्बरको माईक्रो बसले पैदल हिडिरहेका थारुलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको हो ।

बस सहित चालकलाई इलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस