• २०८३ जेष्ठ २९ गते शुक्रवार

राष्ट्र ऋण उठाउने विधेयक पारित

पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौं । संसदले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउन विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो ।

यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउन विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यसपछि निर्णयार्थ प्रस्तुत गरिएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस