• २०८३ असार ५ गते शुक्रवार

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी, पेट्रोलको मूल्य १९९ रुपैयाँ

पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

बढेको मूल्य सोमबार राती १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

निगमले खाना पकाउने ग्याँसको मूल्य भने यसपटक बढाइएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस