• २०८३ असार १ गते सोमवार

३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ लाख ७८ हजार १ सय ५५

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार १ सय ५५ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ८२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६२ हजार ५ सय ८२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस