• २०८३ बैशाख २० गते आइतवार

सुनसरीबाट २२१ केजी गाँजा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, सुनसरी । बराहक्षेत्र नगरपालिकापा–१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । शनिबार साँझ प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा उक्त गाँजा भेटेको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस