फागुन ११, काठमाडौं । तास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं र काभ्रेमा गरि १५ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकु ब्रहम टोलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई नगद ३९ हजार ६ सय ६० रूपैयाँ, ५ सय भारतीय रूपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो पक्राउ गरेको छ । उक्त टोलमा जुवतास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस्तै प्रहरीले काभ्रे नमोबुद्ध नगरपालिका-२ खनालथोक बस्ने गोपाल कुईकेलको गोठ घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई नगद २ लाख ६० हजार ५ सय ३० रूपैयाँ र १८ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनको गोठ घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।