• २०८३ जेष्ठ १ गते शुक्रवार

‘अमेरिकाद्वारा सोलोमन टापुमा दूतावास खोल्नु गहिरो रणनीतिक चिन्ता हो’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, एजेन्सी । सोलोमन टापुहरूमा आफ्नो दूतावास खोल्ने अमेरिकी योजनाको आलोचना गर्दै चिनियाँ मिडियाले प्रशान्त टापुका देशहरूमा अमेरिकाको बढ्दो संलग्नता गहिरो रणनीतिक चिन्ता को कारण भएको बताएको छ।अमेरिकाले सन् १९९३ मा सोलोमन टापुमा रहेको आफ्नो दूतावास बन्द गरेको थियो। सन् २०१९ मा सोलोमन टापुले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेर चीनसँग सम्बन्ध स्थापना गरेको थियो।

चिनियाँ स्टेट मिडिया आउटलेटमा प्रकाशित एक सम्पादकीयमा अमेरिकाको प्रशान्त टापुका देशहरूमा बढ्दो चासो चीनका लागि गहिरो चिन्तनको विषय भएको र चीनले यस क्षेत्रलाई सूक्ष्म रूपले हेरिरहेको र रणनीतिक आवश्यकता पर्दा ध्यान दिने बताएको छ।

सोलोमन टापुमा रहेको अमेरिकी दूतावास २९ वर्षदेखि बन्द छ । फिजीका लागि अमेरिकी राजदूतको पद अझै खाली छ । यस पटक दूतावासका चार्ज डी अफेयर्सले अमेरिकी विदेश मन्त्री ब्लिन्केनको ऐतिहासिक भ्रमणलाई स्वागत गरेका छन्। ब्लिन्केन ३७ वर्षमा फिजी भ्रमण गर्ने पहिलो अमेरिकी विदेश मन्त्री हुन्।

गत हप्ता, अमेरिकी सरकारले इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न आफ्नो नीतिको एक भागको रूपमा सोलोमन टापुहरूमा दूतावास खोल्ने आफ्नो मनसाय घोषणा गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस