• २०८३ बैशाख ३१ गते बिहिवार

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । जनमत पार्टीले अध्यक्ष सीके राउतलाई ज्‍यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ । पार्टीका उपाध्यक्ष ई. दीपक कुमार साहले बिहीबार विज्ञप्ति जारी गर्दै रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति आपत्त जनाउँदै बर्खास्त गर्न माग गरेका हुन् ।

बलिदानी दिवस मनाउन गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी थिइन् ।

देशकै संघीयमन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको सो अभिव्यक्ति चरम आपराधिक अभिव्यक्ति रहेको र किसान आन्दोलन तथा आम-जनताको विरूद्धमा रहेको निष्कर्ष निकाल्दैं विज्ञप्तिमा भनिएको छ, ‘२०७८ माघ ५ गते नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवले रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। आपराधिक अभिव्यक्ति दिने, हत्या(हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बरखास्त गर्नु पर्दछ। ‘

विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस