• २०८३ बैशाख १६ गते बुधवार

फवार्ड माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ४ , काठमाडौं । फवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

आज सोमबार बिहान बसेको सञ्चालक समितिको बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्तावित ३० प्रतिशत लाभांश मध्ये हाल कायम चुक्ता पूँजीको ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँकोको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने जनाएकेा छ । त्यस्तै लाभांंशमा लाग्ने कर प्रयोजनको लागि सेमत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधराणसभाबाट पारित भएपनि सेयरधनीमा वितरण हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस