• २०८३ बैशाख १२ गते शनिवार

राष्ट्रपतिद्वारा सरकार गठनका लागि आह्वान, प्रधानमन्त्रीको लिगलिगे दौडमा को–को ?

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

पुष ४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिँदै राजनीतिक दललाई सरकार गठनका लागि आह्वान गरेकी छन् ।राष्ट्रपति भण्डारीले आइतबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न आह्वान गर्दै दललाई १० पुस साँझ ५ बजेसम्मको समय दिएकी हुन् ।

राष्ट्रपतिको आह्वानसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेता प्रधानमन्त्रीको लिगलिगे दौडमा लागेका छन् । उनीहरूबीच प्रधानमन्त्री को हुने भन्नेमा प्रतिस्पर्धा देखिएको छ । विशेषगरी सत्तागठबन्धनको मुख्य दल नेपाली कांग्रेस, एमाले तथा माओवादीका शीर्ष नेताबीच प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा देखिएको हो ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै पनि राजनीतिक दलको बहुमत नआएपछि राष्ट्रपति भण्डारीले धारा ७६ को उपधारा २ अनुसार १० पुस साँझ ५ बजेभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संविधानको धारा ७६ (२)को व्यवस्थाअनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने जोसुकै प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्न सक्नेछन् ।

प्रतिनिधिसभाका कुल २ सय ७५ सदस्य छन् । त्यसमध्ये सरकार गठन गर्न साधारण बहुमत अर्थात् १ सय ३८ जनाको समर्थन आवश्यक पर्छ ।संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन पेस गर्न सक्ने सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछन् ।

राष्टपतिबाट नयाँ सरकार गठनको आहवान भएसँगै अब १० पुस भित्रै देशले नयाँ जनादेशको सरकार पाउने निश्चित भएको छ । तर संविधानको सो धारा अनुसार राष्ट्रपतिबाट नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस