• २०८२ असार २४ गते मङ्गलवार

मेस्सीको निर्णायक गोलमा पिएसजीको जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । स्टार खेलाडी लियोनेल मेस्सीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई १-० ले पराजित गरेको छ ।

आइतबार राति लियोनको मैदानमा पाँचौ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । अर्का स्टार खेलाडी नेयमारले बक्स भित्रबाट दिएको पासलाई मेस्सीले उत्कृष्ट गोल गरेका थिए ।

८ खेलबाट २२ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ । पराजित लियोन १३ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस