• २०८३ जेष्ठ ७ गते बिहिवार

कवि बाबुराम श्रेष्ठ ‘यात्री’का दुई कविता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कवि बाबुराम श्रेष्ठ ‘यात्री’

 

एक्लै


सिङ्गो जिन्दगी बोकेर
एक्लो टाकुरोमा उभिएको छु

घाम पनि त एक्लै छ
जुन पनि त एक्लै छ

म एक्लो हुनु नौलो भएन
सन्सार जित्छु भन्नेहरू
अक्सर एक्लै उभिन्छन ।

 

जुलुसमा हिडेको म

कमिलाको ताती झैँ
लावालस्करमा
अदम्य साहस बोकेर
सोफुर्त हिडेको पाइलाहरुलाइ
नसोध्नु होस्
कहाँ हिडेको?
जब जब संकटमा हुन्छन् बहुमतहरु
यसरी नै यी फराकिला
चौडा ब्यस्त छातिहरुमा
चप्पलहरु घर्सन्छन्
सिठिहरु बज्छन
लाठिहरु चल्छन्
हिजो
आज
भोलि पनि उर्लन्छन
च्यापेको एक गाँस भात छोडेर
महरु
अचम्मित नहुनुहोस्
किनकि खिया लागेको तानाशाह ढाल्न
जुलुसमा हिडेको म ।

Sharing

प्रतिक्रिया दिनुहोस