• २०८३ बैशाख ८ गते मङ्गलवार

काभ्रेपलाञ्चोकमा सवारी साधनको ठक्करबाट युवतीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काभ्रेपलाञ्चोक  । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ तामाघाट पुल नजिक आज बिहान सवारी साधनको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीया युवतीको सनाखत हुन बाँकी रहेको छ ।

आज बिहान ५ बजे नम्बर नखुलेको सवारी साधने ठक्कर दिदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटना पश्चात् सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी पाँचखालले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस