• २०८३ बैशाख ८ गते मङ्गलवार

प्यारालाइसिसको बहाना बनाई वीर अस्पतालबाट उपचारको क्रममा फरार थुनुवा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं। उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका जबर्जस्ती करणी मुद्दाको थुनुवा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ३ घर भएका ४५ वर्षका राजेश तिरुवा उपचारका क्रममा भागेका थिए ।

तिरुवा ‘प्यारालाइसिस भएको भन्ने बहाना बनाई उपचारको लागि वीर अस्पतालमा ल्याई भर्ना गरी उपचारत रहेको अवस्थामा’ वीर अस्पतालबाट चैत २९ गते भागेका थिए । फरार तिरुवालाई हिजो काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ राधाकृष्ण मन्दिर नजिकबाट जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिएको विशेष प्रहरी टोली पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस