• २०८३ बैशाख १४ गते सोमवार

२९ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट २९ जुवाडेलाई प्रहरीले जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१५, कारखानाचोकस्थित मन्जुश्री यातायात प्रालिको बस ग्यारेजबाट जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो काठमाडौंको नागार्जुन नगरपालिका–२, गौरीगाउँ बस्ने सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ का ४९ वर्षीय दोर्जे तामाङसहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई नगद तीन लाख ६१ हजार रुपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, काठमाडौँ महानगरपालिका–९, शम्भुमार्गस्थित ४५ वर्षीय पशुपति राईको न्यौपाने खाजाघरभित्र जुवातास खेलिरहेको अवस्थामा राईसहित १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४० हजार ९०० रुपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका–८, सुन्धारा डेरा गरी बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको आरोपमा सोही स्थानमा बस्ने श्याम महर्जनसहित ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नगद ६ लाख ९८ हजार ८४५ रुपैयाँ, कौडा २२ थान, पासा खेल्न प्रयोग हुने लामो गोटी तीनथान, सानो गोटी १६ थान र पासा खेल्न प्रयोग हुने थर्पु कपडा एकथानसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस