• २०८३ बैशाख ६ गते आइतवार

वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको इटाली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको ३९ औं मिनेटमा मार्को भेराट्टीको फ्रिकिक पासमा माटियोले निर्णायक गोल गरेका हुन् । यस्तै खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटालीका फेड्रिको बेर्नार्डेस्चीलाई फउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

यस जितसँगै समूह ए को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । इटालीले ३ खेलमा ९ अंक जोड्यो । र, समूहको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्यो । र, समूहको दोस्रो स्थानमा रह्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस