• २०८३ बैशाख ३१ गते बिहिवार

१७ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ४ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ९ जना संक्रमणमुक्त भएका छन । हाल देशभर ३ हजार ५ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार ७ सय २९ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ ।

पछिल्लो २४ घन्टामा मृत्युदर भने सुन्य रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस