• २०८३ असार १३ गते शनिवार

लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५ धनुषा।प्रहरीले लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बटेश्वर गाउँपालिका ४ राम्रोचोकबाट महोत्तरी भंगाहा नगरपालिका९७ गोराना बस्ने अमित कुमार पासवानको साथबाट ४५ हजार भारतीय रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार राति पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा बटेश्वर गाउँपालिका ४ बस्ने २७ वर्षीय जिवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कम्लेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेश रवि दास रहेका छन् । जिवन लगायत ४र५ जना व्यक्तिहरुले भारतबाट काम गरी घरतर्फ जाँदै गरेका अमित कुमारको साथबाट उक्त धनमाल लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बटेश्वरबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।साथै उनीहरुलाई नियन्त्रणमा लिने क्रममा घाइते भएका १ जना प्रहरी कर्मचारीको स्थानिय मेडिकल हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उनको उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस