• २०८३ बैशाख ६ गते आइतवार

जाउलाखेलमा शंकास्पद वस्तु फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर ५ स्थित जाउलाखेलको गणेश चोकमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ।महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार शंकास्पद वस्तु फेला परेको जानकारी आएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको छ।

‘तार जोडेको अवस्थामा प्रेसर कुकर फेला परेको थियो। सेनाले निस्कृय बनाइसकेको छ,’ ललितपुर प्रहरी परिसरका एक प्रहरी अधिकृतले भने। ‘निर्वाचन बहिष्कार’ लेखेर उक्त प्रेसर कुकर राखेको पाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस