कार्तिक १,काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनमा चार वटा रणनीतिका साथ अगाडी बढ्न मातहतका कमिटीलाई निर्देशन दिनुभएको छ ।
एमालेलाई बहुमतसहितको स्थीर सरकार बनाउने रणनीतिलाई अक्षरस पालना गरी देश र जनताको पक्षमा अगाडी बढ्ने अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै अध्यक्ष बरालले निर्वाचन केन्द्रीत सर्कुलर मातहतका कमिटीमा पठाईसकेको जानकारी गराउनुभयो । अनेरास्ववियुले काठमाडौँ लगायतका विभिन्न ठाउँहरुमा आफ्नो गाउा छोडी अध्ययन तथा रोजगारीको लागि शहरी क्षेत्रमा रहेका आम जनतालाई निर्वाचनको लागि गाउँ फर्क अभियान सञ्चालन गर्ने भएको छ ।
उहाँले भन्नुभयो, ‘अनेरास्ववियुको केन्द्रदेखि स्थानीय तहसम्म बिभिन्न जिम्मावारीमा रहनु भएका प्रिय कमरेडहरु अनेरास्ववियु केन्द्रीय कमिटीको बिधान अधिबेशन तथा भेलाबाट निम्न बमोजिमको निर्वाचन केन्द्रित निर्णय तपाईंहरुलाई सर्कुलर गरिसकिएको छ । उक्त विषय पुन स्मरण गराउदै आ-आफ्नो निर्वाचन क्षेत्रमा नेकपा एमालेका निर्धारित उम्मेदवारलाई जिताउन उल्लेखनीय भुमिका निर्वाह गर्नरगराउनु हुन अनुरोध सहित निर्देशन गर्दछु ।’
उहाँले दिनुभएको ४ महत्वपूर्ण निर्देशन
१. निर्वाचन विशेष अभियान (डिजिटल प्रचार)लाई व्यवस्थित गर्न प्रदेश, जिल्ला, पालिका र क्याम्पसहरुमा निर्वाचन केन्द्रीत प्रशिक्षण सञ्चालन गर्ने ।
२. “सुखी नेपाली समृद्ध नेपाल”को राष्ट्रिय आकांक्षा पुरागर्न र नेकपा एमालेको एजेण्डाहरु जनस्तरमा पुर्याउन आगामी निर्वाचनमा नेकपा एमालेका उमेदवारहरुलाई विजयी गराउन गाउँ फर्क अभियान सञ्चालन गर्ने ।
३. बुथको सुरक्षा, मतदातालाई भयरहित ढंगले वुथमा मतदान गर्न, आवश्यक मतदाता शिक्षा सहितको सुक्ष्म कार्य गर्न प्रत्येक पालिका कमिटी र जिल्ला कमिटीहरुले वुथ केन्द्रीत स्यमंसेवक कमिटी बनाउने ।
४. स्थानीय आवश्यकताको आधारमा थप निर्वाचन लक्षित कार्यक्रम निर्माण तथा सञ्चालन गर्ने ।