• २०८३ जेष्ठ ४ गते सोमवार

‘ब्रह्मास्त्र’ बन्यो यस वर्ष सर्वाधिक कमाउने हिन्दी फिल्म

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’ यस वर्ष धेरै कमाउने हिन्दी फिल्म बनेको छ । ‘द कश्मीर फाइल्स’लाई उछिन्दै यो फिल्मले विश्व बक्स अफिसमा कीर्तिमान रचेको हो । शनिबार मात्रै यो फिल्मले भारतीय बक्स अफिसमा सबै भाषामा १६ करोड नेट कलेक्सन गरेको छ । दोस्रो शुक्रबार १०.५ करोड र पहिलो बिहीबार ९ करोड भारु कमाएको थियो ।

यतिबेला ‘ब्रह्मास्त्र’ घरेलु बक्स अफिसमा २०० करोड भारु कमाउने दौडमा छ । दोस्रो सप्ताहन्तसम्म विश्वभर फिल्मको कुल कमाइ ३५० करोड भारु छ । कश्मीर फाइल्सको लाइफटाइम कलेक्सन ३४० करोड भारु थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस