• २०८२ असार २४ गते मङ्गलवार

जबरा सर्वोच्च फर्किने आशंका, बढाइयो सुरक्षा सतर्कता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौँ ।  सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च फर्किन लागेको आशंकाबीच अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो ।

नेपाल बार एसोसिएसनका पदाधिकारी एवं सदस्य र कानुन व्यवसायी सर्वोच्च परिसरमा भेला भएर बसेका छन् । जबरा सर्वोच्च फर्किए भित्र प्रवेश गर्न नदिने बारको तयारी छ ।

महाभियोग सिफारिस समितिले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गरेकाे छ । समितिले साे प्रतिवेदन शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस