• २०८३ जेष्ठ ५ गते मङ्गलवार

स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असार ४, पोखरा। स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु भएको छ । तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो ।

उनी शनिबार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए । सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासि पुलमा खसेका थिए । उनी डुबेको केही समयपछि मात्रै थाहा भएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस