वैशाख ५, काठमाडौँ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख २ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।