• २०८३ जेष्ठ २८ गते बिहिवार

पाल्पामा ७० वर्षीया वृद्धा बलात्कृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ५, पाल्पा  पाल्पामा एक जना ७० वर्षीया महिला बलात्कृत भएकी छन् ।ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ पक्राउ गरेको छ ।

सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस