• २०८३ बैशाख ८ गते मङ्गलवार

मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ५, जनकपुरधाम  ।  प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार हंशपुर नगरपालिका वडा नम्बर ८ रामनगरा बस्ने २० बर्षीय शम्भु मुखियाको आँगनबाटै प्रदेश २–००२–२४३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल १२ चैतमा चोरी भएको थियो ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने २१ वर्षीय भुने मुखिया रहेका छन् । पक्राउ परेका उनीमाथि चोरी शीर्षक मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस