• २०८३ बैशाख ११ गते शुक्रवार

प्रतिबन्धित औषधि ट्रामाडोल सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ४, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट १ हजार ६ सय ट्याब्लेट प्रतिबन्धित औषधि ट्रामाडोल सहित नवलपरासी सुस्ता गाउँपालिका-५ बस्ने १८र१८ वर्षीय २ जना किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ८२६३ नम्बरको बसलाई नागढुङ्गा चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भुजाको बोराभित्र लुकाई ल्याएको उक्त औषधि सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि औषधि ब्यवस्था बिभाग बवरमहलमा पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस