• २०८३ बैशाख १५ गते मङ्गलवार

५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ लाख ७८ हजार १ सय १९ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारथप ५१ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार १ सय १९ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ९६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ९२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६२ हजार १ सय ७३ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस