• २०८३ मङ्सिर ६ गते शनिवार

भरुवा बन्दुकसहित दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, सिन्धुली । सिन्धुलीमा भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कमलामाई नगरपालिका १२ लुडेडाँडाबाट दुई थान भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ४५ वर्षीय पूर्ण बहादुर राना र ५० वर्षीय लाल बहादुर ब्लोनलाई पक्राउ गरेको हो ।

प्रहरीले पूर्ण बहादुरको घरबाट १ थान खाली भरुवा बन्दुक र लाल बहादुरको घरबाट १ थान लोड गरेको भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस