फागुन ६, काठमाडौं । अखिल नेपाल महिला संघ कामपा १५ वडा कमिटी तपना नेम्वाङको अध्यक्षमा २५ सदस्य सर्वसम्मत चयन भएको छ । नेकपा एमाले काठमाडौं जिल्ला सदस्य, अखिल नेपाल महिला संघ काठमाडौं क्षेत्र नं ८ का इन्चार्ज एवं नागर्जुन नगरपालिकामा उप-मेयर सुशीला अधिकारीको प्रमुख आतिथ्यमा अखिल नेपाल महिला संघ कामपा १५ वडा कमिटी गठन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले अखिल नेपाल महिला संघको महत्त्व र क्षेत्र नं ८ का महिलाहरुको हकहितका लागि आफू अघि रहेको र नव निर्वाचितअखिल नेपाल महिला संघ कामपा १५ वडा कमिटीका सदस्यहरु लाई पनि कामपा १५ वडा भित्र रहनु भएका महिलाहरुको हकहित लागि लड्न निर्देशन दिनुका सथै नव निर्वाचित संघका सदस्यहरु लाई सपथ गह्रण गराउनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता नेकपा एमाले कामपा १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बाले गर्नु भएको थियो।