• २०८३ असोज १७ गते शनिवार

मुगुमा कांग्रेसकाे अधिवेशन धमाधम हुँदै , देउवा पक्ष निकै उत्साहित

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज १६, काठमाडौं । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनको तयारीसँगै मुगुमा देउवा पक्षिय अधिवेशनको प्रक्रिया धमाधम रुपमा सञ्चालन भई रहेकाे छ । देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ । देउवा पक्षीय नेपाली कांग्रेस मुगुले असाेज १५ गते अर्थात बिहीबारदेखि वडा अधिवेशन शुरु गरेको छ । सदरमुकाम गमगढि बजारमा सम्पर्क कार्यालय स्थापना गरेको देउवा पक्षले वडा अधिवेशन शुरु गरेको नेपाली कांग्रेस १५ ओैं महाधिवेशनका मुगु जिल्ला संयाेजक कर्ण बहादुर रावलले बताए ।

उनका अनुसार सभ्य , भब्य र भयारहित तवर बाट उत्साहका साथ वडा अधिवेशनहरू भइरहेको बताए । मुगु जिल्लाका ४ वटै पालिका, क्षेत्रमा समेत संयोजकहरू तोकेर अधिवेशन गर्न पाउदा नेता कार्यकर्ताहरु लाई थप उर्जा मिलेकाे केन्द्रीय प्रतिनिधि तिलक बहादुर मल्लले बताए । असाेज १५ गते बाट सुरु भएको वडा अधिवेशनमा मुगु जिल्लाका ४५ वडा मध्ये हाल सम्म २३ वटा वडाकाे अधिवेशन सम्पन्न भईसकेका छन भने बाकि वडाहरुकाे अधिवेशनहरु भईरहेकाे बताए ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्व रहेको उल्लेख गर्दै वडा तहदेखि प्रदेश र केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका समेत सार्वजनिक गरिएको जानकारी गराउदै साेहि अनुरुप अधिवेशनहरु धमाधम रुपमा चलिरहेकाे पुर्ववनमन्त्री तथा नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐनबहादुर शाहिले बताए ।

उनका अनुसार कार्यतालिका बमोजिम असोज १५ गते वडा , २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा एक नम्बर क्षेत्र रहेकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन, र जिल्ला अधिवेशन गर्ने तयारि भई रहेकाे उनकाे भनाई छ । मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ । मुगुका लागि केन्द्रीय प्रतिनिधि तिलक बहादुर मल्ल र जिल्ला संयाेजक कर्ण रावल लाई जिम्मेवारी दिइएसँगै जिल्लामा देउवा पक्षको महाधिवेशन तयारी तथा संगठनात्मक गतिविधि थप सक्रिय बनेको छ । देउवा पक्षले देशभर महाधिवेशन तयारीका लागि जिल्ला संयोजक र केन्द्रीय प्रतिनिधिसमेत परिचालन गर्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस