• २०८३ बैशाख ५ गते शनिवार

राष्ट्रपतिद्वारा बाह्र जनाको सजाय माफी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गर्नुभएको छ ।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आङनिमा शेर्पासमेतका १२ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ।

Sharing

प्रतिक्रिया दिनुहोस