• २०८३ बैशाख ५ गते शनिवार

जिप दुर्घटना, ३ जनाको हेलिकप्टरद्वारा उद्दार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २, काठमाडौं । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँबाट भुजीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बा.११ च ७५९२ नम्बरको बोलेरो जिप एकराते पहरा स्थित फास्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उद्धार गरेर हेलिकप्टरमार्फ उपचारका लागि काठमाडौं पठाइएको छ । ४ जना घाइतेलाई बोलेरो गाडीमा राखेर काठमाडौँ ल्याइँदैछ । अरू घाइतेको जिल्ला सदरमुकाम मन्थलीमा उपचार हुँदैछ । बोलेरो जिप सडकबाट ५० मिटर तल खसेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस