• २०८२ असार २४ गते मङ्गलवार

निर्वाचनको प्रचारमा प्रविधिको प्रयोग गर्नुको विकल्प छैन : अध्यक्ष दाहाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौँ ।   राष्ट्रिय विज्ञान दिवसका अवसर पारेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टीको आधिकारिक मोबाइल एप उद्घाटन गरेका छन् ।

पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा पार्टीको आधिकारिक मोबाइल एप शुभारम्भ गरिएको हो । अबको निर्वाचनमा परम्परागत प्रचार शैलीले सहि परिणाम दिन नसक्ने भन्दै उनले प्रचारप्रसारमा पनि प्रविधिको प्रयोग गर्नुको विकल्प नभएको बताए ।

विज्ञान प्रविधिको सदुपयोग गर्न सके मानव जीवन सहज हुने र प्रविधिको दुरुपयोग भएमा समाजमा नकारात्मक असर गर्ने भएकोले यसबारे सचेतनाको अवश्यक रहेको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस