• २०८३ जेष्ठ १५ गते शुक्रवार

नेप्से परिसूचक २९ अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ४, काठमाडौँ। आज सेयर बजार नेप्से परिसूचक २९.६० अंकले घटेर २३ सय ८५.६४ बिन्दुमा आइपुगेको छ ।आज कुल २३३ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा १६७ कम्पनीको मूल्य घटेको छ भने २४ कम्पनीको मूल्य बढेको र ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आइतबार ३४ लाख ७ हजार २७२ कित्ता सेयर २९ हजार ४४ पटक करोबार हुँदा कुल कारोबार रकम एक अर्ब ४४ करोड ७ लाखमा सीमित रह्यो । नेस्डो समृद्ध लघुवित्तको सेयर सबै भन्दा धेरै १० प्रतिशतले बढ्यो भने हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले नै घट्न पुग्यो । निरन्तर घटिहेको बजार आइतबार पनि २३ सय अंकको लाइनमा झरेको छ । आइतबारको बजारमा उर्जासँगै, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, सामलिङ्ग पावर र नयाँ सारथी लघुवित्तका सेयर धनीले ५ प्रतिशत हाराहारीले बजारबाट गुमाउन पुगे ।

आइतबार सबै भन्दा धेरै कारोबार नेपाल टेलिकमको सेयरमा भयो । कुल ४९ करोड ९४ लाख हजार बराबरको कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो यस्तै अरुण भ्याली हाड्रोपावरको ४८ करोड ६२ लाख बराबरको दोस्रो धेरै कारोबार हुँदा ग्लोबर आईएमई डिबेन्चर २०८६/८७ को ४२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस