• २०८३ जेष्ठ २९ गते शुक्रवार

अमर्यादित तरिकाले होली खेल्ने ४२ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौं । प्रहरीले काठमाडौँको विभिन्न ठाउँबाट उच्छृङ्खल तरिकाले होली खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । होली खेल्ने नाममा अमर्यादित गतिविधि गरेको भेटिएपछि प्रहरीले काँडाघारीबाट १३ जना, सोह्रखुट्टे एरियाबाट ३ जना, न्युरोडबाट १६ जना, दरबारमार्गबाट १ जना र महाराजगन्जबाट ८ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै स्वयम्भूबाट १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जबर्जस्ती लोला हान्ने, रंग दल्ने र विपरित लिंगीलाई दुव्र्यवहार गर्नेहरु छन् ।उनिहरुलाई कसुर अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस