• २०८३ बैशाख १६ गते बुधवार

अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री देउवा, एमसीसीबारे छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न राजदूत बेरी बुधबार साँझ बालुवाटार पुगेका थिए । भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी सम्झौता) बारे छलफल भएको बताइएको छ ।

भेटमा राजदूत बेरीले एमसीसी अनुमोदन प्रक्रियाबारे चासो राखेका थिए । प्रधानमन्त्री देउवाले सरकार संसदबाट एमसीसी अनुमोदन गराउने तयारीमा जुटिसकेको जानकारी दिएको बालुवाटार स्रोतले जनाएको छ ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनमा रहेका दलहरुसँग साझा धारणा बनाउन थप समय लिइएको बताएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस