• २०८३ जेष्ठ ५ गते मङ्गलवार

इनारमा खसेर १३ जनाको ज्यान गयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, भारत। भारतको कुशीनगरमा इनारमा खसेर १३ जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा महिला र किशोरी रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विवाह समारोहमा विधिका लागि इनारको रिङमा राखिएको जालीमा पूजा गर्न बसेका उनीहरु जाली भाँचिदा इनारमा खसेका हुन् । इनारमाथि राखिएको जालीले भार थेग्न नसक्दा भाँचिएको स्थानीय अधिकारीलाई उदृत भारतीय सञ्चार माध्यमले जनाएका छन् ।घटनामा अरु केही घाइते भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस