चैत २, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ अनुसार संसदीय दलको बैठक आह्वान गरिएको छ । संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरमा बस्ने छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेम्वाङले भने, ‘अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ । यो नियमित रुपमा बोलाइएको हो ।